भाद्र –१९,२०७७
केही समय अघिसम्म रुस र चीनले हतारमा कोरोना भ्याक्सिनलाई अनुमोदन गरेको आरोप लगाउने गरेको अमेरिकाले नै तेस्रो चरणको परीक्षण नसकिँदै अनुमोदन गर्ने सम्भावना रहेको छ ।
त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ नोभेम्बरको लक्ष्य रहेको बताएका थिए । एकातिर अमेरिकामा भइरहेको सामाजिक दुरीको नियमलाई त्यहाँको बासिन्दाले बेवास्ता गर्ने गरेका छन् भने विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्पले हिंसा रोक्न नसकेको तथा कोरोना नियन्त्रण गर्न नसकेको आरोप लगाइ नै रहेको छ ।
यस बिचमा यो आपत्कालीन अनुमतिको सम्भावना पनि बढेको हो । तेस्रो चरणको परीक्षण चलिरहेको मोर्डना र फाइजर कम्पनीको भ्याक्सिनको कुनै शङ्का गर्नु पर्ने ठाउँ नदेखिएमा यसको पूर्ण परिणाम नआईकनै अनुमति प्रदान गर्ने सोच रहेको अमेरिकी फुड एन्ड ड्रग प्रशासनले जनाइसकेको छ । अनुमतिका लागि आवेदन दिने निर्माण कम्पनीले पेस गर्ने डाटाका अनुसार निर्णय हुनेछ । यसरी दिइने भ्याक्सिन सवैका लागि भने हुने छैन । एउटा जोखिम समूहलाई लक्षित गर्दै यो भ्याक्सिन दिइनेछ ।
अहिले आपत्कालीन अनुमति दिइएन भने पनि नोभेम्बर सम्ममा अमेरिकाले जसरी पनि भ्याक्सिन प्रयोग गर्ने देखिएको छ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्सनले सबै राज्यलाई १ नोभेम्बरबाट भ्याक्सिनका लागि तयार रहन भनी सकेको छ । चीनले भने तेस्रो कोरोना भाइरस भ्याक्सिनलाई मन्जुरी दिएको छ । यस अघि कानसीनो बायलोजीले एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सले बनाएको भ्याक्सिनलाई जुनबाट नै वितरण गर्न सुरु गरेको चीनले जुलाईबाट सीनोफार्मको भ्याक्सिनलाई मान्यता दिएको थियो ।
यो भ्याक्सिनको संयुक्त अरब इमिरेट्समा परीक्षण भइरहेको छ । सिनोभ्याक बायोटेकको यो भ्याक्सिन उच्च जोखिम समूहलाई प्रदान गर्न लागिएको हो । बङ्गलादेशको बेक्सीमको फर्माट्युकल्सले पनि भारतको सेरम इन्सटीच्युटमा लगानी गरेको छ । सिरम इन्सटीच्युटले अक्सफोर्ड कम्पनीसँग मिलेर भ्याक्सिन बनाइरहेको छ । यो भ्याक्सिनलाई यसै गरी, बङ्गलादेशले चीनको सिनोभ्याक कम्पनीको परीक्षण पनि आफ्नो देशमा गर्ने भएको छ । यस बिचमा भ्याक्सिन पूर्ण सुरक्षित नभए के होला ? भन्ने प्रश्न पनि तेर्सिन थालेको छ । यस अघि शक्ति राष्ट्र मात्र भाइरसका लागि केन्द्रित भए पनि अहिले कोरोनाको महामारीले फरक स्थिति निम्त्याएको छ । शक्ति राष्ट्र मात्र नभई साना देश पनि यो दौडमा लागेका छन् । विकसित देशले त सन् २०२१ को फेब्रुअरी सम्ममा यसलाई पूर्ण निर्मूलनै पारिसक्ने योजना बनाएका छन् । अहिले पनि ८८ कम्पनी प्री क्लिनिकल ट्रायलमा छन् ।
यस मध्य ६७ ले सन् २०२० भित्र मानै क्लिनिकल ट्रायल सुरु गर्ने अनुमान गरिएको छ । यसरी बनेका धेरै भ्याक्सिनको उद्देश्य भने फरक छ । सुरुवातमा बनेका भन्दा पछि बनेका भ्याक्सिन धेरै भरपर्दो र कम मूल्यका हुनेछन् । यो महामारीबाट संसारलाई मुक्त गर्न भने आफ्नो उत्पादन महत्त्वपूर्ण हुने ठहर उनीहरूको छ । जर्जीया विश्वविद्यालयका युमिनोलोजीका प्राध्यापक सुरुवाती भ्याक्सिन अत्यन्त प्रभावी हुन नसक्ने भन्दै सन् २०२१ मा आफ्नो उत्पादन क्लिनिकल ट्रायलमा प्रवेश गर्ने बताउँछन् । मान्छेको प्रतिरक्षा प्रणालीमा एन्टीबडीज एउटा हतियार हो ।
यसकारण एन्टीबडीज निर्माणमा केन्द्रित भएर तयार भएका यत्ति धेरै भ्याक्सिनको काम कत्ति समयको लागि या कत्ति पूर्ण भन्ने त अझ अनिश्चित नै छ । यो भाइरसको अध्ययनकै केन्द्र ब्राजिलका वैज्ञानिक लुसियानोले कुन शैलीले भाइरसलाई परास्त गर्ने भन्ने अध्ययन अझ धेरै लामो समय रहने प्रतिक्रिया दिइसकेका छन् । एकातिर भ्याक्सिनको यो पहिलो लहर प्रभावकारीताका बारे प्रश्न उठिरहेको छ । अर्को तर्फ यो लहरले मात्र संसारको मागलाई थेग्न नसक्ने निश्चित देखिएको छ । यो समयमा पहिलेको भन्दा दोस्रो लहरको भ्याक्सिन सस्तो हुने र यसले संसारका गरिब देशलाई देशलाई सहयोग हुने अनुमान गरिएको छ ।
पहिलो लहरबाट भने संसारका विकसित देशले आफूलाई मुक्त बनाउने सम्भावना देखिएको छ । यस क्रममा चिन,रुस, अमेरिका र बेलायत रहेका छन् । यस पछि भारतले पनि जोखिम समूहलाई भ्याक्सिन वितरण गर्दै बचाउने सम्भावना रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८