• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनका ४१ सहित ४८ जना संक्रमित थपिए

  • चितवन

चितवनका ४१ सहित ४८ जना संक्रमित थपिए

भाद्र–१७ ,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ४१ सहित ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १२ देखि ७६ बर्ष सम्म रहेका छन।

भरतपुर महानगरपालिका भित्रका १८ पुरुष र २१ महिला गरि ३९ जना रहेका छन । राप्तीका १ महिला ,रत्ननगरका १ महिला , नवलपरासीको २ पुरुष र १ महिला गरि ३ जना र धनुषा ,रुपन्देही ,सिराहा र बाराका ३ पुरुष र १ महिला गरि ४ जना समेत गरि जम्मा ४८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु २२ देखि ७६ बर्ष सम्मका रहेका छन।

हिजोनै जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भरतपुरका २ पुरुष र ११ महिला गरि थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पताल , बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल र क्वारेन्टिनबाट संकलन गरिएको थियो ।

सोमबार राती १०ः३० वजे सम्म भरतपुरमा गरिएको २८५ वटा नमूना मध्ये २५० वटा नेगेटिभ आएको हो भने ३५ वटा नमुना पोजेटिभ आएको थियो ।

  • प्रकाशित मिति : भदौ १६, २०७७, मंगलवार २३:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८