• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

विराटनगर, भक्तपुर र पर्सामा गरि कोरोना संक्रमणबाट थप ३ को मृत्यु

  • खवर मुलुक-संबाददाता

विराटनगर, भक्तपुर र पर्सामा गरि कोरोना संक्रमणबाट थप ३ को मृत्यु

चितवन । विराटनगर, भक्तपुर र पर्सामा १ ÷१ जना गरि कोरोना भाईरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६५ वर्षिय पुरुषको,भक्तपुरमा वुटवलका ५४ वर्षिय पुरुष र विरगञ्जमा पर्सा कि ७० वर्षिय बृद्धाको मृत्यु भएको हो ।
कोशी अस्पताल उपचार केन्द्रका इन्चार्ज बरिष्ठ फिजिसियन डा.दीपक सिग्देलका अनुसार ति पुरुषको अस्पताल आईपुगेको एक घण्टा भित्रमै मृत्यु भएको हो । मृतकका अन्य परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै विराटनगरको कोभिड अस्पतालमा उपचारका क्रममा दुई जना संक्रमितको ज्यान गइसकेको छ ।

वुटवलका ५४ वर्षिय पुरुषको भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृत्यु भएको छ । उपचाररत ५४ वर्षीय पुरुषको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृगौला र मुटु सम्बन्धि रोगले पीडित रहेका पुरुष उक्त अस्पतालमा डायलासिस गराउँदै आएका थिए । यता पर्सामा ७० वर्षिय एक बृद्धाको आईतवार मृत्यु भएको थियो । क्षयरोग र स्वास प्रश्वासमा समस्या भएकी बृद्धालाई नारायणी अस्पतालकै आईसीयूमा राखेर उपचार गरिएको थियो । यो सँगै वीरगञ्जमा मा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

  • प्रकाशित मिति : भदौ ८, २०७७, सोमवार ०७:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८