• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

  • खबरदाता

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

२०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६ नोभेम्बर २ तारिख। कार्तिक कृष्ण पक्षको अष्टमी तिथि। राधाष्टमी व्रत र गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। हेरौ ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष – दिन सामान्य छ । हरेक काममा अवरोध देखिने छन् । निर्णय क्षमताको आवश्यकता देखिन्छ । मनमा धेरै खटपटी हुनसक्छ । वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ ।

वृष – दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ । सहकार्यमा अगाडि बढ्दा फाइदा हुनेछ ।

मिथुन – मनमा उत्साह बढ्नेछ । साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ । शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र प्रगति हुनेछ । समयको सदुपयोग गर्नुपर्ने दिन छ ।

कर्कट – आज तपाईंको दिन राम्रो छ । लामो यात्रा हुनेछ । शिक्षामा सफलता प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । लगानी गरेको क्षेत्रबाट नाफा आर्जन हुनेछ ।

सिंह – दिन सामान्य छ । खर्च बढ्नेछ । सोचेर निर्णय गर्नुपर्ने दिन हो । अग्रजको सुझाव अनुसार काम गर्दा नाफा हुनेछ । परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ । लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ ।

कन्या – दिन राम्रो छ । लामो समय रोकिएको कामको सुरुवात हुनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । वैदेशिक क्षेत्रमा नाफा हुनेछ । विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ । व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

तुला – दिन राम्रो छ । आफन्तको सहयोग मिल्नेछ । लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक – पठनपाठनमा रुची बढ्नेछ । लगानी र श्रमको उचित मूल्यांकन हुनेछ । काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ । संकटमा परिवारको साथ मिल्नेछ ।

धनु – यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ । मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ । प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ । लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर – दिन राम्रो छ । मनको चिन्ता हट्नेछ । सन्तान सुख मिल्नेछ । धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

कुम्भ – शत्रु बढ्नेछन् ।कडा प्रतिस्पर्धामा सहभागी भएर सफलता प्राप्त गर्ने योग छ । कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक लगानीले उत्साह बढ्नेछ । शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ ।

मीन – दिन राम्रो छ । दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने समय छ । धोरै बोलेर धेरै मिहिनेत गर्नुपर्ने समय छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ ।

  • प्रकाशित मिति : कात्तिक १६, २०८३, सोमवार ०६:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८