चितवन । कोरोना भाइरस संक्रमणका कारण लुम्विनी प्रादेशिक अस्पताल वुटवलमा २ जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचार गर्दा गर्दै समरीमाई गाउँपालिकाको का ३८ वर्षका पुरुषको दिउँसो १ः३० बजे र वुटवल उपमहानगरपालिका उप–१ कि ६७ वर्षकी महिलाको १ वजे मृत्यु भएको अस्पतालले जनाएको छ । दीर्घरोगी, उच्च रक्तचाप र मिर्गौलाको समस्याबाट पीडित बुटवलकी महिलामा स्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।
काठमाण्डौमा २ को मृत्यु
कोरोना भाइरस संक्रमणको कारण काठमाडौँको नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जनाको र ह्याम्स अस्पताल मण्डिखाटारमा एक जना संक्रमितको मृत्यु भएको हो ।
मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुने ५४ वर्षीय पुरुष र ह्याम्स अस्पतालमा मृत्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले झापा, पर्साका र सर्लाहीका एक एक जनाको मृत्यु भएको जानकारी दिएको छ बुटवल र उपत्यकाकामा मृत्युहुने ४ जनाको विषयमा भने मन्त्रालयले औपचारिक रुपमा पुष्टि गर्न बाकी छ । यो सहित जम्मा मृतक संख्या १ सय ५३ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८