चितवन । हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलका ६१ बर्षिय वृद्धको मंगलबार राति मृत्यु भएको होे । मृतककोे प्रादेशिक कोरोना प्रयोगशाला हेटौंडामा स्वाव परिक्षण गर्दा बुधवार कोरोना भाईरस पोजेटिभ देखिएको हो । लामो समयदेखि बिरामी रहेका बृद्धको स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणका कारण मकवानपुरको हेटौंडामा पहिलो पटक मृत्यु भएको हो ।
उता धरान स्थित विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररथ ७१ वर्षिय महिलाको पनि मृत्यू भएको छ । धरानकी स्थानिय बासिन्दा उनी खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन् । उनको साउन २३ गते नै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
वीरगञ्जमा थप २ को मृत्यु
पर्साको वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका भिश्वा बस्ने ५७ वर्षीय र वीरगञ्ज–४ विर्ता बस्ने ८४ वर्षीय पुरुषको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार दुवैको मृत्यु कोरोना संक्रमणबाट भएको जानकारी नारायणी अस्पतालका चिकित्सकले दिएका छन् । भिश्वाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको थियो । अस्पताल स्रोतका अनुसार ५७ वर्षीय पुरुषमा निमोनिया देखिएको थियो । भवानी अस्पतालबाट थप उपचारका लागि उनलाई राम्रो अस्पताल लैजान सुझाव दिएपछि राम्रो अस्पताल खोज्दै उनलाई नेशनल मेडिकल कलेज र बयोधा अस्पताल पु¥याइएको थियो तर ती अस्पतालले उपचार गर्न नमानेपछि अन्नत नारायणी अस्पतालमा भर्ना गरियो ।
कोरोना भाईरस कै कारण ८४ वर्षिय अर्का पुरुषको पनि मृत्यु भएको छ । साउन २७ गतेदेखि गण्डक अस्पतालमा उपचाररत ति बृद्धको उपचारकैे क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो सँगै वीरगञ्जमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८