• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

एकै दिन १०१६ जना संक्रमित थपिए

  • संबाददाता

एकै दिन १०१६ जना संक्रमित थपिए

देशभरमा पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नेपालमा कोभिड शुरुभए पश्चात एकैदिन यति ठुलो संख्यामा संक्रमित भएको यो पहिलो हो ।

आज थपियसँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये ११४ जनाको मृत्यु भएको छ भने १७ हजार ५८० जना निको भएका छन् । त्यसैगरि सक्रिय संक्रमित १० हजार ५६३ पुगेको छ । जसमध्ये होम आईसोलेशनमा २ हजार ८८७ जना छन् भने ११८ जनाको आई सि युमा र ८ जनाको भेल्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो चौबिस घण्टामा काठमाण्डौं उपत्यकामा मात्र २ सय ५ जना थपिएका छन् । पछिल्लो चौबिस घण्टामा १३ हजार ४६१ जनाको पिसिआर परिक्षण गरिएको छ । यो सहित नेपालमा कुल ५ लाख ४२ हजार ८८८ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
मृतक ७ जना थपिए
स्वास्थ मन्त्रालयले जनाय अनुसार पछिल्लो २४ घण्टामा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एकएक जना गरि ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोछ । मन्त्रालयले जनाय अनुसार काठमाडौं उपत्यकामा २०५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरका १७ जना थपिएका हुन् ।
यस्तै पर्सामा १२८,मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१÷२१ जना, कपिवलस्तुमा १९, सिराहा र कास्कीमा १६÷१६, र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरि बर्दियामा ९, सुनसरीमा ८, बाँकेमा ६, दैलेखमा ५, नवलपुरमा ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङमा ३÷३ जना , उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलामा २÷२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरमा १÷१ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

  • प्रकाशित मिति : भदौ २, २०७७, मंगलवार १३:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८