• मंसिर ५, २०८३, शनिवार Saturday, 21 November, 2026

हेटौँडा-कुलेखानी-काठमाडौँ सडकमा आज सार्वजनिक यातायात बन्द

  • खबरदाता

हेटौँडा-कुलेखानी-काठमाडौँ सडकमा आज सार्वजनिक यातायात बन्द

वैकल्पिक मार्ग कान्तिलोकपथ प्रयोग गर्न स्थानीय प्रशासनको अनुरोध

स्थानीय प्रशासनले हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ आवतजावत गर्ने सडकमा आज यात्रुवाहक सवारी आवागमनमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले बिहीबार सूचना जारी गर्दै आज (मंसिर ४ गते शुक्रबार) यो सडक मार्र्गमा भाडाका सवारी साधनलाई आवतजावतमा रोक लगाएको जानकारी दिएका हुन्।

आज काठमाडौँ -हेटौँडा आवतजावत गर्दा यो सडक मार्गको सट्टा वैकल्पिक मार्गका रूपमा कान्तिलोकपथ प्रयोग गर्न पनि अनुरोध गरेको छ।

हरिबोधनी एकादशीका अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिका–१ त्रिखण्डीस्थित प्रसिद्ध त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा एकादशी मेला तथा जात्रा लाग्ने भएकाले भक्तजनको सुविधाको लागि यस्तो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ

मेलाका दिन मन्दिर क्षेत्रमा श्रद्धालु भक्तजनहरूको अत्यधिक भीडभाड हुने र त्यस क्षेत्रको सडक साँघुरो तथा भिरालो भौगोलिक जटिलतायुक्त भएकाले यात्रुवाहक सवारी साधनहरूको सहज, सुरक्षित र व्यवस्थित आवागमनका लागि यस्तो निर्णय गरिएको स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

  • प्रकाशित मिति : मंसिर ४, २०८३, शुक्रवार ०७:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८