• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • खबरदाता

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार (असोज ८) दिउँसो सबै प्रदेशका केही स्थानमा बादल लाग्नेछ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ ।

मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका साथै सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै तथा मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ ।

महाशाखाका अनुसार, मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रूपमा रहेको र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने महाशाखाले जानकारी दिएको छ ।

 

  • प्रकाशित मिति : असोज ८, २०८३, बिहीवार ०६:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८