राष्ट्रसंघ महासभाको उद्धघाटन सत्रमा कृत्रिम बुद्धिमत्ता र युद्धअन्त्यका विषयले प्राथमिकता पाएको छ ।
मंगलबारबाट सुरु भएको महासभामा एआई माथि नियन्त्रण र युद्ध अन्त्यको विषय उठान भएको हो । महासभालाई सम्बोधन गर्दै महासचिव एन्टोनियो गुटेरसले आर्टिफिसियल इन्टिलिजेन्स एआईको नियमन र युद्ध अन्त्यमा केन्द्रित हुन विश्वका नेतालाई आग्रह गरे ।
युद्ध, एआई र जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा सिर्जिन समस्या समाधानका लागि राष्ट्रसंघ मातहतका निकाय संघर्षरत रहेको बताए। राष्ट्रसंघको सुरक्षा परिषद्ले एआई कम्पनीका नेतृत्वबीच संवाद गर्न खोजिरहेका बेला उनले यसको नियमनमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका हुन् । ुुएआईमा फड्को मारिरहेका मुलुकहरूले यसको जोखिमबारे सूचना साझा गर्नुपर्छ । यसको जोखिमको अनुमगन र मूल्यांकन गर्दै साझा हितको रक्षामा केन्द्रित हुनुपर्छ,ुु गुटेरसले भनेका छन् ।
गुटेरसले एआईले निम्त्याउन सक्ने जोखिमबाट बच्ने उपायबारे बहुपक्षीय सहकार्य प्रारम्भ गर्न पनि भनेका छन् । राष्ट्रसंघका महासचिव गुटेरसले मध्यपूर्वमा युद्धको अन्त्य हुनैपर्ने बताएका छन् । राष्ट्रसंघको ८१ औँ महासभाबाट संवाद र शान्तिको बाटो रोज्न उनले सम्बद्ध पक्षलाई आग्रह गरे । ुुयस हलबाट सबैका लागि सन्देश युद्धको अन्त्य नै हो । इनफ इज इनफ,ुु उनले भनेका छन् ।
गुटेरसले उठान गरेका चासो र चिन्ताप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जवाफ दिए । उनले इरानसँगको युद्ध मिड टर्म चुनावपछि अन्त्य हुने बताए । इरानसँग सम्झौता पुग्ने उनको भनाइ छ । ुुक्षतिपूर्ति लिएर राम्रो मुलुक बनाउने वा थप ध्वस्त हुने विकल्प इरानसँग छ । यो युद्ध छिट्टै अन्त्य हुन्छ,ुु उनले भने ।
यस्तै रुस(युक्रेन युद्ध पनि छिट्टै अन्त्य हुने उनले उल्लेख गरे । दुवै पक्ष आजित भइसकेकाले युद्ध अन्त्य हुने उनको भनाइ छ । ुुमैले दुवै देशका नेताहरूसँग कुरा गरेको छु । यो युद्ध आम मानिसले अपेक्षा गरेभन्दा छिट्टै अन्त्य हुँदैछ,ुु उनले भने ।
ट्रम्पले एआईको नाम परिवर्तनको प्रस्ताव गरेका छन् । उनले यसको नाम सुपर इन्टिलिजेन्स एसआई राख्नुपर्ने बताए । ुुएआई नक्कली जस्तो सुनिन्छ । वास्तवमा यो सुपरइन्टिलिजेन्स हो । यसको विकासको गति नियन्त्रणको पक्षमा अमेरिका छैन । यसको विकासको गति रोक्ने विश्वव्यापी अभियानको विपक्षमा अमेरिका छ,ुु उनले भने ।
राष्ट्रसंघमा कतारले पनि मध्यपूर्वका विभिन्न क्षेत्र सुडान, लिबिया लगायतका क्षेत्रमा भइरहेका युद्ध अन्त्य हुनुपर्ने बताएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८