सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिश गरेको गरेको हो। मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परराष्ट्र न्त्री शिशिर खनालले जानकारी दिए।
विभिन्न क्षेत्रका अब्बल व्यक्तिलाई राजदूत नियुक्तिको लागि सिफारिस गरिएको खनालको भनाइ छ। विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिलाई छानिएको उनले बताए।
अब सरकारले राजदूतको लागि सिफारिश गरिएका प्रस्तावित राजदूतको रुपमा संसदीय सुनुवाइको लागि पठाइनेछ। संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउनेछ।
अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नेछन्।
प्रस्तावित राजदूतहरू
१- डा. निश्चलनाथ पाण्डे – भारत का लागि प्रस्तावित राजदूत
२- डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत
३- चिरनजंग थापा -संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४- पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा- बेलायतका लागि प्रस्तावित राजदूत
५- जिग्यान कुमार थापा – जापानका लागि प्रस्तावित राजदूत
६- सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत
७- प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत
८- शारू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत
९- डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत
१०- चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत
११- प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२- डा मंचल झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३- गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८