• भदौ २५, २०८३, बिहीवार Thursday, 10 September, 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • खबरदाता

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बिहीबार (भदौ २५) दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसको पुनर्स्थापनामा निरन्तर जुटिरहेको छ ।

“सोही सन्दर्भमा प्रधानमन्त्रीज्यूले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाउनुभएको हो,” सचिवालयले भनेको छ ।

  • प्रकाशित मिति : भदौ २५, २०८३, बिहीवार १०:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८