अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई महिनापछि इरानसँगको युद्ध अन्त्य हुने बताएका छन् ।
अमेरिकामा आगामी नोभेम्बरमा हुने ‘मिडटर्मु चुनावपछि युद्ध अन्त्य हुने उनले बताएका हुन् । ु’इरान युद्ध हाम्रो चुनाव लगत्तै अन्त्य हुन्छ, ट्रम्पले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनेका छन् ।
इरानलाई जसरी पनि आणविक हतियार चाहिएकाले वार्ता निष्कर्षमा पुग्न नसकेको उनले बताए । अबको वार्तामा यसअघिका भन्दा पृथक प्रस्तावहरू लिएर अमेरिका वार्ता टेबुलमा बस्ने उनको भनाइ छ । ुुहामीसँग आणविक हतियार व्यवस्थापनमा विभिन्न विकल्प सहितको प्रस्ताव हुनेछ । यसअघिका वार्तामा ती प्रस्तावहरू थिएनन्,ुु ट्रम्पको भनाइ उद्धृत गर्दै अलजजिराले उल्लेख गरेको छ ।
इरानी सरकारसँग अब जनताको साथ नरहेको भन्दै उनले अमेरिकी चुनावपछि युद्ध अन्त्य हुने जिकिर गरे । ु’इरानले जनसमर्थन गुमाउँदै गएको छ । त्यसैले अब अमेरिकी चुनाव लगत्तै त्यहाँ युद्ध अन्त्य हुन्छ, उनले दोहोर्याए ।
इरानसँग वार्ताका लागि अमेरिकाले तदारुकता भने नदेखाउने उनको भनाइ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८