• भदौ २३, २०८३, मंगलवार Tuesday, 08 September, 2026

धेरै भारी वर्षाको सम्भावना

  • खबरदाता

धेरै भारी वर्षाको सम्भावना

देशका केही स्थानमा आज धेरै भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ (नेपालको पश्चिमतर्फ नेपालनजिकै) रहेको छ । उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहँदा धेरै भारी वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकदुई स्थानमा धेरै भारी वर्षाका सम्भावना छ ।

विभागले देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ ।

पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा-हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेशका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको विभागले बताएको छ ।

  • प्रकाशित मिति : भदौ २३, २०८३, मंगलवार ०६:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८