• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026

दुर्गा प्रसाईंबिनै धवलशमशेरले दर्ता गरे ‘जय नेपाल पार्टी’

  • खबरदाता

दुर्गा प्रसाईंबिनै धवलशमशेरले दर्ता गरे ‘जय नेपाल पार्टी’

राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् ।

७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् ।

दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ । झण्डामा सेतो रंगमा त्रिभुज चिह्न राखिने छ ।

मेडिकल व्यवसायीसमेत रहेका अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन् । शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरु दल दर्ताको अन्तिम समयमा अलग भएका हुन् ।

  • प्रकाशित मिति : साउन २९, २०८३, शुक्रवार १४:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८