बुटवल । बाँकेको नेपालगन्जमा दोस्रो जनआन्दोलनको बेला फोरेर फालिएको पूर्वराजा वीरेन्द्र शाहको सालिक २० वर्षपछि पुनः स्थापना गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजी चोकमा रहेको सालिक आन्दोलनकारीले हटाएका थिए ।
अहिले सोही ठाउँमा सालिक निर्माण गरेर आज अनावरण गरिएको हो । नेपालगन्ज भर्खरै राप्रपा त्यागेर दुर्गा प्रसाईंसँग अभियानमा लागेका नेता धवल शमशेर राणाको गृहनगर हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८