देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो चारवटा र राति तीनवटा प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेस तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोसी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
मौसमविद् विनोद पोखरेल अबको तीनरचार दिन वर्षा केही कम हुने बताउँछन् । “अबको तीनरचार दिन वर्षा अलि घट्ने भएकाले भारी वर्षाको जोखिम कम छ,” मौसमविद् पोखरेल फेसबुकमा लेख्छन्, “आगामी दुई हप्तासम्म हेर्दा पानी दैनिक पर्ने तर तराईको धेरै ठाउँमा कम र पहाडी भेगमा धेरै वर्षा हुने देखिन्छ ।”
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको विभागको भनाइ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८