• साउन ६, २०८३, बुधवार Wednesday, 22 July, 2026

आज २०८३ साल साउन ६ गते बुधबारको राशिफल

  • खबरदाता

आज २०८३ साल साउन ६ गते बुधबारको राशिफल

२०८३ साल साउन ६ गते बुधबार सन् २०२६ जुलाई २२ तारिख। असार शुक्ल पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा गरेको लगानीबाट उन्नती हुनेछ। दाजुभाइको संगतले भाग्यको उदय हुनेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्नेछ। शिक्षामा फाइदा हुनेछ।

वृष : शुभ दिन छ। तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। धन आर्जन हुनेछ। राज्यको सेवा गर्ने अवसर मिल्नेछ। स्वास्थ्यको सुधारका लागि खानपानमा विशेष ख्याल गर्नुपर्नेछ।

मिथुन : विज्ञसँगको भेट रमाइलो बन्नेछ। अभिभावकको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। मनमा चिन्ता थपिने छ। आज विवाद हुने भएकाले सकेसम्म नबोल्नु उचित हुनेछ । पन्छीलाई दाना दिएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्ने समय आएको छ।

सिंह : दिन राम्रो छ। सम्पत्ति खर्च गरेर राजनीतिमा नाम कमाउने दिन छ। बौद्धिक व्यक्तिको साथ मिल्नेछ। विवाद नगर्नु उचित हुन्छ। शिक्षामा थप मिहिनेत गरेमा नाफा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारमा फाइदा हुनेछ। जमिनको कारोबारबाट लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भने विपक्षी सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। इज्जत बढ्नेछ। औषधी नियमित नगरे स्वास्थ्यमा भने समस्या हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

वृश्चिक : दिन सामान्य छ। परिवारको बोझ थपिँदा मनमा चिन्ता बढ्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। राज्यमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। परिवारसँग रमाइलो घुलमिल हुनेछ। विपक्षीको विरोध नगर्नु राम्रो हुनेछ। रााजनीतिक क्षेत्रमा सचेत हुनुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ।

मकर : काममा बन्ने दिन छ । तत्काल विदेश यात्रामा नजानु उचित हुन्छ। आफन्तसँग भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : धार्मिक व्यक्तिसँग भेट हुनेछ। मन शान्त हुनेछ। विरोधी सक्रिय भएकाले हरेक काममा सचेत बन्नुपर्ने देखिन्छ। यात्रा अनावश्यक हुनेछ।

मीन : दिन सामान्य छ। साथीसँग विवाद बढ्नेछ। स्वास्थ्य र शिक्षाले साथ दिनेछ। बोल्नु अगाडि सोच्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर गरेको यात्रा सहज बन्नेछ।

  • प्रकाशित मिति : साउन ६, २०८३, बुधवार ०५:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८