नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०७ रुपैयाँ १७ पैसा, स्विस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७६ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ १५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४२ रुपैयाँ, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४१ पैसा र बिक्रीदर १० रुपैयाँ ४५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९० पैसा र बिक्रीदर १५ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४८ पैसा र बिक्रीदर २३ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४० पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ५६ पैसा बिक्रीदर ४०९ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ४०० रुपैयाँ ७१ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८