• वैशाख ४, २०८३, शुक्रवार Friday, 17 April, 2026

कांग्रेसले माग्यो पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण

  • खबरदाता

कांग्रेसले माग्यो पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण मागेको छ ।

बुधबार समितिले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरिएको घटनामा खड्कालाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

उनले पहिलोपटक पार्टीको लेटरप्याड प्रयोग गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउबारे विज्ञप्ति जारी गरेका थिए ।

त्यसपछि खड्कालाई १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी नगर्न सचेत गराएको थियो ।

तर गत सोमबार पुनः उनले कार्यवाहक सभापतिको हैसियतमा क्रियाशील सदस्याता अद्यावधिक गर्ने निर्णयविरुद्ध विज्ञप्ति जारी गरे ।

विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको थियो ।

बुधबार बस्ने बैठकले खड्कालार्य स्पष्टीकरण सोध्ने वा अन्य तरिकाले सचेत गराउने निर्क्योल गरिने एक नेताले भने ।

‘अहिले यहीँ नै गर्ने भन्ने निर्क्यौल भएको छैन । बैठकमा छलफलपश्चात मात्रै थाहा हुन्छ । तर केही न केही निणर्य हुन्छ,’ उनले बताए ।

खड्काले गत चैत १७ देखि १९ गतेसम्म कार्यवाहक सभापतिको हैसियतमा नवनिर्वाचित सांसदलाई बधाई दिँदै १४औं महाधिवेशनबाट निर्वाचित आफूनिकट केन्द्रीय कार्यसमिति सदस्यसँग छलफलसमेत गरेका थिए ।

 

  • प्रकाशित मिति : वैशाख २, २०८३, बुधवार १४:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८