• वैशाख ४, २०८३, शुक्रवार Friday, 17 April, 2026

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

  • खबरदाता

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेको हो ।

आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य १५५ रुपैयाँले बढेर पाँच हजार २२० कायम भएको छ ।

हिजो प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।

  • प्रकाशित मिति : वैशाख २, २०८३, बुधवार १०:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८