प्रधानमन्त्री वालेन्द्र शाहले आज करिब २० देशका राजदूतसँग एकसाथ भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजे नेपालमा रहेका विभिन्न करिब २० देशका राजदूतसँग भेटवार्ता गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विगतका प्रधानमन्त्रीहरूले राजदूतहरूलाई एक्लाएक्लै भेट्ने गरेकोमा प्रधानमन्त्री शाहले नयाँ अभ्यासको सुरुवात गर्न लागेका छन् । नेपालमा रहेका विभिन्न देशका राजदूतलाई यसरी भेट्नुलाई विशेष चासोका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल प्रमुख कुमार राई, प्रवक्ता तथा सह–सचिव लोकबहादुर पौडेल क्षेत्री र मुख्य सचिव सुमनराज अर्याल पनि सहभागी हुने जनाइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८