नेपाली कांग्रेसले सभामुख पदमा उमेदवारी नदिने भएको छ । उपसभामुखको पदमा स्वतः कांग्रेसले दाबी गर्न पाउने भएपछि सभामुखमा उमेदवारी नदिने भएको हो ।
पार्टीका महामन्त्री प्रदीप पौडेलले भने, “सभामुखको भूमिका तटस्थ हुनुपर्ने भएकाले स्वाभाविक रूपमा जसको उमेदवारी पर्छ उसैलाई हामीले समर्थन गर्ने छौँ । उपसभामुख प्रतिपक्षीले पाउने भएकाले हामी दोस्रो दल भएका कारण हाम्रो दाबी रहन्छ ।”
सभामुख पदको निर्वाचन चैत २२ मा हुँदै छ । त्यसका लागि संसद् सचिवालयले शुक्रबार (चैत २०) बिहान ११ देखि २ बजेसम्मका लागि उमेदवारी दर्ताको समय तोकेको छ ।
आजै साढे २ बजे अन्तिम सूची प्रकाशित हुने सचिवालयले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८