नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टीको नीति र मान्यताविपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा दलीय रूपमा बोल्ने क्रममा एमालेको तर्फबाट बादलले बोलेका थिए । उनी एमाले संसदीय दलको नेता पनि हुन् ।
‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा ९एमाले० को दल नेताको हैसियतले मा। रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन्, पौडेलले फेसबुकमा लेखेका छन् ।
बादलको उक्त अभिव्यक्तिका बारेमा शुक्रबार बस्ने केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने अपेक्षा पनि गरेका छन् ।
‘यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु, पौडेलले लेखेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८