स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका कुनै पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष रहने बताएका छन् ।
‘म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु । बोल्ने तरिका, काम गर्ने तरिका फरक छ, सबैकुरा । म प्रायस् सबैसँग मिल्दैन,’ पुनले भने, ‘म आउनै नपर्ने मान्छे कसरी यो ठाउँमा आइपुगे भन्न चाहन्छु ।’
म अमेरिका पढेर २०४९ भदौमा आएको उनले बताए । त्यसपछिका ३३ वर्ष एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा समय काटिरहेको बताउँदै उनले भने, ‘म समाजसेवी हुँ, समाजसेवी नै रहनेछु ।’
सदनमा आफ्नो भूमिकाबारे उनले अगाडि भने, ‘मेरो भूमिका पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८