• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026

सभामुख चयनका लागि चैत्र २२ गते निर्वाचन हुने

  • खबरदाता

सभामुख चयनका लागि चैत्र २२ गते निर्वाचन हुने

प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत्र २२ गते निर्वाचन हुने भएको छ ।

बुधबार सिंहदरबारस्थीत संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकमा चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख निर्वाचन गर्नेगरि तालिका बनाउने सहमति जुटेको हो ।

सभामुख चयनका लागि बिहीबार बस्ने पहिलो बैठकमा नै निर्वाचनको प्रस्ताव प्रस्तुत हुने र चैत्र २० गते मनोनयन दर्ताका लागि समय छुट्टाउने गरी प्रक्रिया अघि बढ्ने रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

त्यस्तै प्रतिनिधिसभाको बैठक सञ्चालनको लागि नयाँ नियमावली नबन्दासम्म पहिलेकै नियमावलीबाट बैठक सञ्चालन गरिने उनले बताए ।

त्यसैगरि पहिलो बैठकमा जेन(जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिने र दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने तय भएको छ ।

रास्वपा सांसद बुर्लाकोटीले कार्य व्यवस्थामा रास्वपाका सांसदहरूको संख्या अलि बढी रहेकाले अरु दलका सांसदहरूलाई प्रतिनिधित्व गर्ने विषयमा छलफल भएको र यस विषयमा पार्टीभित्र पनि छलफल गर्ने बताए ।

त्यस्तै बैठकपछि राप्रपा सांसद खुश्वु ओलीले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई हरेक समितिमा प्रतिनिधित्व गराउने विषयमा आफूले कुरा राखेको बताइन् । प्रतिनिधिसभा नियमावलीमा संशोधन गर्ने विषयमा पनि पार्टीका तर्फबाट आवश्यक सुझाव राखिएको उनको भनाइ छ ।

प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउसो २ बजे संसद् भवन सिंहदरबारमा बस्दैछ । सो बैठकको कार्यसूची तयार गर्न संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूसँग संसद् सचिवालयले छलफल गरेको हो ।

  • प्रकाशित मिति : चैत १८, २०८२, बुधवार १५:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८