• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026

निष्पक्ष न्याय निरूपणको सट्टा राजनीति गर्न खोजियो-कांग्रेस 

  • खबरदाता

निष्पक्ष न्याय निरूपणको सट्टा राजनीति गर्न खोजियो-कांग्रेस 

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीबारे औपचारिक धारणा सार्वजनिक गरेको छ ।

कांग्रेसले सरकार निष्पक्ष न्याय निरूपणतर्फ लाग्नुपर्नेमा घटनाको राजनीतिकरणतर्फ लागेको धारणा व्यक्त गरेको हो । प्रवक्ता देवराज चालिसेबाट जारी वक्तव्यमा भनिएको छ,ु’एकै घटनाका दोषीमाथि चयनमुखी व्यवहारले कानुनका स्थापित विधिको पालना हुँदैन । यसले न्याय पाउने प्रक्रियालाई गिजोल्ने देखिन्छ । सरकारले निष्पक्ष छानबिन गरी न्याय निरूपण गर्नुभन्दा घटनामा थप राजनीतिक गर्न खोजेको देखिन्छ ।’

भदौ २३ र २४ दुवै घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रह रहित ढङ्गले छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्नेमा काँग्रेस दृढ रहेको विज्ञप्तिमा भनिएको छ ।

कसैमाथि कारबाही उत्तेजना र आवेगमा नभएर कानुनी प्रक्रिया बमोजिम हुनुपर्ने कांग्रेसले बताएको छ । ‘यसमा सरकार स्वयं संयमित र परिपक्व नहुँदा हतारमा गरिएको निर्णयले कानुनी शासन कमजोर हुनसक्छ । देश पुनश्च द्वन्द्व र अस्थिरतातर्फ जान सक्छ,  विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले सरकारलाई निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कारबाही गर्न माग गरेको छ । भदौ २४ का घटनामा संलग्नमाथि पनि कारबाही हुनुपर्ने माग कांग्रेसले गरेको छ ।

  • प्रकाशित मिति : चैत १४, २०८२, शनिवार १९:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८