एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल ९टिचिङ अस्पताल०मा भर्ना भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।
शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न ओलीलाई उक्त अस्पताल लगिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले चिकित्सकको सुझाव अनुसार ओलीलाई अस्पताल भर्ना गरिएको हो ।
ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । ‘आवश्यक रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि भर्ना गरिएको छ,’ अस्पताल स्रोतले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८