नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई एमालेले हतारमा गरिएको प्रतिशोध भनेको छ।
एमालेका नेता योगेश भट्टराईले पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै भने, “समय पर्याप्त थियो । यो प्रतिशोध हो, त्यो पनि हतारमा । प्रतिवेदन कार्यान्वयन गर्ने नाममा पक्राउ गरिएको छ । यसको हामीले विरोध गर्छौं ।”
नेता महेश बस्नेतले आफूहरु सशक्त रुपमा सडकमा जाने बताएका बताए ।
“सडकमा पनि सशक्त रुपमा जान्छौँ । राजबन्दी नभएको मुलुक भनेर हामीले नेपाललाई बनाएका थियौँ । आज अवस्था परिवर्तन भएको छ,” बस्नेतले भने, “हामी सशक्त रुपमा सडकमा उत्रिन्छौँ । भदौ २३ र २४ को आन्दोलनका रचनाकारहरु अहिले सरकारमै छन् ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८