जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उमेदवार रहेका राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
उनले रास्वपाका उमेदवार मनिष झालाई समर्थन गर्दै बुधबार रास्वपामा प्रवेश गरेका हुन् । झाले आफू लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय रहेको भन्दै अहिले मधेसी प्रधानमन्त्री बन्ने अवसर सिर्जना भएकाले सहयोग गर्न लागेको बताए ।
आफ्नो तर्फबाट सक्दो सहयोग गर्न रास्वपाका उमेदवारलाई समर्थन गरेको उनले बताए । देश परिवर्तनको दिशामा अघि बढिसकेको भन्दै आफू त्यसको बाधक बन्न नचाहेको उनको भनाइ छ ।
यो क्षेत्रबाट ०७४ मा अहिलेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष रहेका राजेनद्र महतो (तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल) निर्वाचित भएका थिए । आगामी निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका विमलेन्द्र निधि, नेकपा एमालेबाट जुली कुमारी महतो, रास्वपाबाट मनिष झा, जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट परमेश्वर साहलगायत ४५ जना प्रतिस्पर्धामा छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८