• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

सुनसरीमा गोली लागेर एकजनाको मृत्यु

  • खबरदाता

सुनसरीमा गोली लागेर एकजनाको मृत्यु

सुनसरीमा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसी गाउँपालिका–१ का विजय साह रहेको प्रहरीले बताएको छ ।

“राति १ बजे गोली चलेको खबर आएपछि प्रहरीको टोली घटनास्थल पुग्दा विजय साह मृत फेला परेका थिए,” जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का  भन्छन्, “घटनास्थलमा गोलीका खोका फेला परेका छन् । हामी गोली कसले हान्यो अनुसन्धानमा छौँ ।”

साहले सिटी रिक्सामा चिनी, सरफलगायत सामान ल्याउँदै गरेको देखिएको डीएसपी खड्काले बताए । उनका अनुसार घटनास्थल भारतीय सीमाबाट करिब ५०० मिटरको दूरीमा रहेको छ ।

  • प्रकाशित मिति : पुस १७, २०८२, बिहीवार १०:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८