राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा नेपाल० बीच पार्टी एकता भएको छ ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएसँगै राजावादी शक्तिहरू एकीकृत भएका हुन् । कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू लिङ्देन र थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे ।
यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकताको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
२०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए । न्युज एजेन्सी नेपाल
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८