• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

रास्वपाको प्रि–इलेक्सनको नतिजा सार्वजनिक, कसले कति मत पाए ?

  • खबरदाता

रास्वपाको प्रि–इलेक्सनको नतिजा सार्वजनिक, कसले कति मत पाए ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रि–इलेक्सनको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार १८ हजार २२३ मत प्राप्त गर्दै रमेश प्रसाईं पहिलो नम्बरमा निर्वाचित भएका छन् । यस्तै, दोस्रोमा प्रमोद न्यौपाने १४ हजार १६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने तेस्रोमा रञ्जु दर्शना १३ हजार ५५१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

यस्तै, चौथोमा टिका संग्रौला (ज्वाला) १३ हजार १०६, पाचौँमा लिमा अधिकारी १२ हजार ७६०, छैटौँमा समीक्षा बास्कोटा १२ हजार ४६०, सातौँमा विपिनकुमार आचार्य १२ हजार २४५, आठौँमा क्रान्तिशिखा धिताल ११ हजार ७८१ र नवौँमा प्रतिभा रावल ११ हजार ७२१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

यस्तै, आदिवासी जनजातितर्फ १६ हजार १२ मत प्राप्त गर्दै उत्तमबहादुर गुरुङ पहिलो नम्बरमा, १४ हजार २०१ मत प्राप्त गर्दै गायिका सतिकला राई दोस्रो नम्बरमा, १३ हजार ७३ मत प्राप्त गर्दै टासी लाजोम तेस्रो नम्बरमा र १३ हजार ५९ मत प्राप्त गर्दै मिलन लिम्बु दोस्रो नम्बरमा निर्वाचित भएका छन् ।

यस्तै, दलिततर्फ १३ हजार १४३ मत प्राप्त गर्दै पहिलो नम्बरमा विजय जैरु, १० हजार ७३ मत प्राप्त गर्दै अमृता विक दोस्रोमा, १२ हजार ८५६ मत प्राप्त गर्दै सविना विश्वकर्मा तेस्रोमा, १२ हजार ७१० मत प्राप्त गर्दै स्मृति सेञ्जुरी चौथोमा र १२ हजार २८५ मत प्राप्त गर्दै अविता नेपाली पाचौँमा निर्वाचित भएका छन् । यस्तै, सीता विश्वकर्मा ११ हजार २१५ मत प्राप्त गर्दै छैटौँमा, ११ हजार १५५ मत प्राप्त गर्दै डा। रुपक विश्वकर्मा सातौमा, ९ हजार ८३५ मत प्राप्त गर्दै खिमा विक आठौँमा र ९ हजार ७१९ मत प्राप्त गर्दै चन्द्रकला विक नवौँमा निर्वाचित भएका छन् ।

मधेशीतर्फ १५ हजार ७४५ मत प्राप्त गर्दै पुनमकुमारी अग्रवाल पहिलो नम्बरमा, डा। अंकिता ठाकुर १२ हजार ३२२ मत प्राप्त गर्दै दोस्रोमा, ११ हजार ६३० मत प्राप्त गर्दै ममता शर्मा तेस्रोमा निर्वाचित भएका छन् ।

यस्तै, थारुतर्फ १७ हजार ४२५ मत प्राप्त गर्दै प्रेमलाल चौधरी पहिलो नम्बरमा र १३ हजार ६१३ मत प्राप्त गर्दै चुमन चौधरी दोस्रोमा निर्वाचित भएका छन् भने तेस्रोमा १३ हजार ५३५ मत प्राप्त गर्दै पुष्पाकुमारी चौधरी तेस्रो नम्बरमा निर्वाचित भएकी छन् ।

मुस्लिमतर्फ १५ हजार ९६७ मत प्राप्त गर्दै समिना मिया पहिलो नम्बरमा, १५ हजार १५७ मत प्राप्त गर्दै अख्तर हुसेन दोस्रो नम्बरमा र १४ हजार ४६३ मत प्राप्त गर्दै मोहम्मद हसरत अली तेस्रो नम्बरमा निर्वाचित भएका छन् ।

  • प्रकाशित मिति : पुस १४, २०८२, सोमवार १६:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८