• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

राजेन्द्र लिङ्देन झापा–३ बाट राप्रपा उमेदवार सिफारिस

  • खबरदाता

राजेन्द्र लिङ्देन झापा–३ बाट राप्रपा उमेदवार सिफारिस

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उमेदवार सिफारिस भएका छन् । पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले उनको नाम उमेदवारका रूपमा सिफारिस गरेको हो ।

यसअघि उनी सोही क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने टुङ्गो लगाएको छैन । पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले यही पुस १२ गतेसम्म झापाका पाँचवटै क्षेत्रीय समितिले जिल्ला समितिसमक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्ने जानकारी दिए । रासस

 

  • प्रकाशित मिति : पुस ६, २०८२, आइतवार ०६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८