दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति ९ः०० बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१०-०१ च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको छ भने सोही जिपका चालक माधव महरा घाइते भएका छन् ।
घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको छ । चालकसहित दुईजना मात्र सवार जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८