• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

जेन–जीका मागमा अडिग भएर बस्न सरकारलाई रवि लामिछानेको चेतावनी

  • खबरदाता

जेन–जीका मागमा अडिग भएर बस्न सरकारलाई रवि लामिछानेको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जीका मागमा अडिग रहन सरकारलाई चेतावनी दिएका छन् ।

सहकरी ठगीसम्बन्धी मुद्दामा रिहा भएपछि आज पहिलोपटक चितवनमा पार्टीको कार्यक्रममालाई सम्बोधन गरेका रविले सरकारलाई जेन–जीका मागमा गम्भीर हुन भनेका हुन् । साथै, उनले निर्वाचनको विकल्प नभएको बताए ।

‘सरकारले खुट्टा कमाउनुपर्ने केही छैन, जेन–जीको मागमा अडिग रहोस्’, उनले भने ।

जेन–जीको माग माग मात्रै नभएर एउटा इतिहास भएको उनको भनाइ छ । उनले आफूमाथि प्रतिशोध साँधेर मुद्दामा अल्झाएको बताए ।

उनले आफू जिउँदो रहेसम्म भ्रष्टाचारविरुद्ध लड्ने बताए ।

  • प्रकाशित मिति : पुस ५, २०८२, शनिवार १३:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८