नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । आइतबार ९मंसिर २८० दिउँसो काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र थालिएको हो ।
बन्दसत्रको सुरुआतमा अध्यक्ष केपी शर्मा ओलीले बोलिरहेका छन् । केही नेताले बोलिसकेपछि चुनावी प्रक्रिया अघि बढाइनेछ ।
पार्टी अध्यक्षमा यसपालि ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धाको तयारी गरेका छन् ।
बन्दसत्रअघि भृकुटीमण्डपमै केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकबाट पार्टी विधान संशोधनको निर्णय गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८