• वैशाख २२, २०८३, मंगलवार Tuesday, 05 May, 2026

२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल

  • खबरदाता

२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल

आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर १४ तारिख । पुष कृष्ण पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । – ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष – दिन सामान्य छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । उपचारकोक्रममा भए लाभ हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । ठुला व्यक्तिको सेवामा दिन बित्नेछ । आफन्तले प्रयोग गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

वृष – दिन सहज छ । थोरै श्रम गरेर राम्रो आम्दानी हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । प्रयास गरेको हरेक क्षेत्रमा सफलता मिल्नेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ ।

मिथुन – बोल्दा सचेत बन्नुपर्नेछ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । परिवारको सुझाव अनुसार अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट – दिन सहज छ । साथीभाइको साथ मिल्नेछ । राजनीतिमा सेवाको अवसर मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम रहेको छ ।

सिंह – शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । व्यापारमा हात लगाएको भए सफलता मिल्नेछ । एकल लगानीबाट फाइदा हुने योग छ । गोपनीयतालाई सुरक्षित गर्नु राम्रो हुनेछ । तपाईंको कामको चियोचर्चो गर्ने मान्छे सक्रिय भएकाले गोप्य ढंगले काम गर्दा फाइदा मिल्नेछ ।

कन्या – दिन राम्रो छ । आम्दानी हुनेछ । साथीभाइसँग कतै रमाइलो गर्न जाने योजना बन्न सक्छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । व्यापारमा फाइदा हुने योग छ । वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ । परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ ।

तुला – कला र गलाको प्रशंसा हुनेछ । परिवारको सल्लाह अनुसार गरेको काममा सफलता मिल्नेछ । सञ्चित धन खर्च हुनेछ । बोल्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा समस्या हुनसक्छ ।

वृश्चिक – स्वास्थ्यले साथ दिनेछ । बोली र व्यवहारमा एकरुपता नभएमा समस्या हुनेछ । बिहान उठेर पिपलको दर्शन मात्र गरेमा मन शान्त बन्नेछ । दाम्पत्य जीवन सहज बन्ने योग छ ।

धनु – दिन राम्रो छ । दैनिक काम सहजै बन्नेछन् । तपाईंको प्रशंसा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । गुरुसँग भेट हुने योग छ । तपाईंका विरोधी सक्रिय भएकाले बोलीमा ख्याल गर्नुपर्नेछ ।

मकर – दिन राम्रो छ । प्रशंसा गर्नेहरु बढ्नेछन् । मनमा भएका बेदना पोख्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ – सञ्चित धन खर्च हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । स्वदेशमा गरेको लगानी भन्दा विदेशको रमझमले मन तान्नेछ । विदेशमा लगानी भए राम्रो फाइदा हुनेछ ।

मीन – साथीसँग भेट हुनेछ । मन प्रशन्न हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । आम्दानीका स्रोत खुल्नेछन् । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

  • प्रकाशित मिति : मंसिर २८, २०८२, आइतवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८