• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

मनोनीत १०८ महाधिवेशन प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको असहमति

  • खबरदाता

मनोनीत १०८ महाधिवेशन प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको असहमति

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति रहेको बताएका छन् ।

शुक्रबार  सचिवालय बैठकमा १०८ प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बसेर टुंगो लगाउने सहमति गरिएको थियो । शनिबार  बिहान ओली र पोखरेल बसेर प्रतिनिधि टुंगो लगाउने भनिएको थियो । तर, उक्त सहमतिविपरीत एकलौटी ढंगले सूची प्रकाशन गरिएको पोखरेलले बताए ।

शनिबार प्रकाशित सूची शुक्रबार ओलीले प्रस्तुत गरेको नाम भएको पोखरेल समूहको भनाइ छ ।

पोखरेलले शुक्रबार आफ्नो समूहका तर्फबाट अलग सूची प्रस्तुत गरेका थिए । ती दुवै नाममा सहमति खोज्ने निर्णय गरिएको थियो । तर, शनिबार प्रकाशित प्रतिनिधिका नाम ओलीले टेबल गरेको सूची मात्र भएको पोखरेल समूहले जनाएको छ ।

  • प्रकाशित मिति : मंसिर २७, २०८२, शनिवार १३:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८