• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

  • खबरदाता

मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको मधेस प्रदेश प्रदेशसभा बैठकमा सभामुख मण्डलविरुद्ध दर्ता भएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।

मधेस प्रदेशसभामा उपस्थित ७८ प्रदेशसभा सदस्यमध्ये ७६ जनाले सभामुख मण्डलविरुद्ध दर्ता भएको प्रस्तावको पक्षमा मत दिएका थिए । प्रस्तावको विपक्षमा भने शून्य मत परेको थियो ।

उपसभामुख बबिता राउत ईशरले कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले राखेको प्रस्तावको पक्षमा आएको मत प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमत भएकाले पारित भएको घोषणा गरिन् । प्रस्ताव पारित भएसँगै सभामुख मण्डल स्वतः पदमुक्त भएको उनले जानकारी गराइन् ।

सभामुख मण्डलविरुद्ध कात्तिक २७ गते प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो ।

  • प्रकाशित मिति : मंसिर ३, २०८२, बुधवार १८:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८