• फागुन ३०, २०८२, शनिवार Saturday, 14 March, 2026

सुनसरीमा भिनाजुले गोली हानी गरे सालीको हत्या

  • खबरदाता

सुनसरीमा भिनाजुले गोली हानी गरे सालीको हत्या

विराटनगर । सुनसरीमा गोली हानेर एक युवतीको हत्या भएको छ । हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति १ बजे गोली प्रहार गरी स्थानीय १८ वर्षीया युवती अर्सी खातुनको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनलाई आफ्नै भिनाजुले गोली प्रहार गरेको देखिएको छ । उनका भिनाजु भारतीय नागरिक भएको प्रहरीको प्रतिक्रिया छ । एसपी सुमनकुमार तिम्सिनाले  दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानमा भिनाजु आजात मिया जटले गोली हानेको देखिएको छ ।

“भिनाजुले हानेको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ,” उनले भने, “टाउकोमा गोली प्रहार गरी उनी भारततिरै भागेको देखिएको छ । खोजबिन जारी छ ।”

अर्सीको टाउको गोली हानेको पाइएको उनले बताए । घुस्की भारत सीमा क्षेत्र नजिकै हो । गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको देखिएको बताउँदै उनले भने, “खोजी कार्य सुरु भइसकेको छ ।”

  • प्रकाशित मिति : असार ३०, २०८२, सोमवार ०९:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८