नेकपा (एमाले)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ । बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुने एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए । “बैठकबाट राष्ट्रियसभाको निर्वाचनका विषयमा टुंगो लाग्ला,” सचिव ढकालले...
नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) उमेदवार टुंगो लगाउने भएको छ । पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो । यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै...
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेसले चुनावी तालमेल गर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलनका क्रममा नेता सिटौलाले राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस एक्लै लडेर परिणाम निकाल्न नसक्ने बताए । चुनावी तालमेललाई गठबन्धन भन्न नहुने उनको भनाइ छ...
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेकपा (एमाले0मा धमाधम उमेदवार सिफारिस गरिँदै छ । कतै सर्वसम्मत सिफारिस भइसकेको छ । कतिपय निर्वाचन क्षेत्रमा चुनावमार्फत सिफारिस भइरहेको एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओली, ११औँ महाधिवेशनमा अध्यक्ष...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने...
निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ। आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो। आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ।...
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै...
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ६१ दिन बाँकी रहेको छ । उक्त निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्धारण गरेको छ । जसमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३...
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव गरेका छन् । सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले तत्काल महाधिवेशन सम्भव नभएकोले वैशाख अन्तिमको मिति प्रस्ताव गरेका हुन् । यसअघि घोषित...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८