• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्छौं : सिटौला

  • खबरदाता

राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्छौं : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेसले चुनावी तालमेल गर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलनका क्रममा नेता सिटौलाले राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस एक्लै लडेर परिणाम निकाल्न नसक्ने बताए ।

चुनावी तालमेललाई गठबन्धन भन्न नहुने उनको भनाइ छ । प्रतिनिधिसभाको निर्वाचनमा भने कांग्रेस एक्लै आफ्ना एजेन्डाहरू लिएर जनतामाझ जाने उनले बताए । आम निर्वाचन पार्टीको सिद्धान्त, नीति, विचार संप्रेषण गर्ने माध्यम भएको उनको भनाइ छ ।

राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसले एक्लै लडेर परिणाम निकाल्न सक्दैन । त्यसैले राष्ट्रियसभाको निर्वाचनमा चुनावी तालमेल हुन्छ । यसलाई गठबन्धन मानिँदैन । तर प्रतिनिधिसभाको निर्वाचनमा जाँदा नेपाली कांग्रेस पार्टी एक्लै चुनावमा जाने महासमितिको निर्णय छ, सिटौलाले भने ।

आगामी निर्वाचनमा एकताबद्ध भएर लाग्न सके राम्रो परिणाम ल्याउन सकिने उनको भनाइ छ । निर्वाचनपछि १५औँ महाधिवेशन गर्ने कार्यतालिका आइसकेकाले त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए । न्युज एजेन्सी नेपाल

  • प्रकाशित मिति : पुस २१, २०८२, सोमवार १४:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८