• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026
मृतकको संख्या १४ पुग्यो
  • खबरदाता

सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको...

घाइतेहरूले भरिए काठमाडौँका अस्पताल, मृतकको संख्या नौ पुग्यो
  • खबरदाता

जेन-जीको नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन उग्र र हिंसात्मक बनेको छ। प्रदर्शनकारीका नाममा उत्रिएको समूहले संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकार थालेका सुरक्षाकर्मीको गोलीले कम्तीमा पनि ९ जनाको मृत्यु भएको छ। संसद् भवन क्षेत्रमा भएको हिंस्रक झडपका क्रममा घाइते भएकाहरूको...

बानेश्वरमा एक जना प्रदर्शनकारीको मृत्यु
  • खबरदाता

काठमाडौँको बानेश्वरमा प्रदर्शनमा उत्रिएका एक जेनजीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै सीभील अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। अस्पतालका मेडिकल डारेक्टर दीपक पौडेलले नेपालखबरलाई जानकारी दिए। उनको परिचय खुलिसकेको छैन। सीभील अस्पतालमा १०० भन्दा धेरै...

सिभिल अस्पतालमा पुर्‍याइएका घाइते दुई प्रहरीसहित केहीको अवस्था गम्भीर
  • खबरदाता

बानेश्वर क्षेत्रमा भएको दोहोरो झडपमा दुई प्रहरीसहित केही प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसमध्ये दुईजना प्रहरीको अवस्था पनि गम्भीर...

प्रदर्शनकारीको घेरामा रहेका सशस्त्र लिन पुग्यो सेना
  • खबरदाता

प्रदर्शनकारी जेनजीको भिड छिचोलेर जान नसकेपछि सशस्त्र प्रहरीको चारवटा गाडी थापा गाउँबाट नयाँबानेश्वरतर्फ जाने चोकमै रोकिएको छ। अहिले रोकिएको गाडीसहितका सशस्त्र प्रहरी लिन नेपाली सेनाको गाडी पुगेको छ। प्रदर्शनकारीले सशस्त्रका चारवटा गाडी घेरा हालेर रोकेका छन्।

संसद् भवनको गेटमै आगजनी
  • खबरदाता

संसद् भवन नयाँ बानेश्वरको गेट नजिकै आगजनी गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा उर्लिएको भीडले आगजनी गरेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रका कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन भने जारी छ ।

जेनजी प्रदर्शनकारीले संसद भवन गेटको पर्खाल भत्काए
  • खबरदाता

काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् । उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुंगामुढा गरेका थिए । सोक्रममा २ नम्बर गेटको पर्खाल भत्किएको छ ।

संसद् भवन घेरे जेन-जी प्रदर्शनकारीले, केही युवा भित्रै छिरे
  • खबरदाता

भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेन(जी प्रदर्शनकारीहरू संघीय संसद् भवन परिसरमा छिरेका छन् । माइतीघर मण्डलबाट अघि बढेका उनीहरू संसद् भवनको दक्षिणी र पश्चिमी गेटबाट छिरेका हुन् । प्रदर्शनकारी युवाहरू धेरैले बाहिरबाट संसद् भवनलाई घेरेका छन् भने केही भित्रै पसेका छन् ।

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी
  • खबरदाता

बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यु आदेश जारी गरेका हुन् । प्रदर्शनमा जेन जी पुस्ताको नाममा घुसपैठ भएपछि कर्फ्यु जारी भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८