• मंसिर २०, २०८२, शनिवार Saturday, 06 December, 2025

घाइतेहरूले भरिए काठमाडौँका अस्पताल, मृतकको संख्या नौ पुग्यो

  • खबरदाता

घाइतेहरूले भरिए काठमाडौँका अस्पताल, मृतकको संख्या नौ पुग्यो

जेन-जीको नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन उग्र र हिंसात्मक बनेको छ।

प्रदर्शनकारीका नाममा उत्रिएको समूहले संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकार थालेका सुरक्षाकर्मीको गोलीले कम्तीमा पनि ९ जनाको मृत्यु भएको छ।

संसद् भवन क्षेत्रमा भएको हिंस्रक झडपका क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा निधन भएको हो । केहीले प्रदर्शन भएकै स्थानमा ज्यान गुमाएका छन् ।

वीर अस्पतालस्थित ट्रमा सेन्टरमा मात्रै सयभन्दा धेरै घाइतेलाई भर्ना गरिएको छ। अहिलेसम्म त्यहाँ कम्तीमा पनि ६ जनाले ज्यान गुमाएका छन् ।

अहिले त्यहाँ ४ जना गोली लागेका घाइतेको उपचार भइरहेको छ । लाठी लागेका अन्य घाइते पनि छन् । उता बानेश्वरस्थित निजामती अस्पतालमा पनि एक जनाको ज्यान गएको छ।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा एकजनाको ज्यान गएको छ। अर्कातिर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि एकजना घाइतेले ज्यान गुमाएका छन् ।

 

  • प्रकाशित मिति : भदौ २३, २०८२, सोमवार १५:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८