• कात्तिक २६, २०८३, बिहीवार Thursday, 12 November, 2026

विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी खेल्ने

  • खबरदाता

विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी खेल्ने

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

आज विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।

विराटनगर र पोखराबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ।

जारी लिगमा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । समान खेल खेलेको पोखरा २ अंकका साथ अन्तिममा छ ।

यसैबीच, कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा ५ खेलबाट कर्णाली ४ अंक जोडेर सातौँ स्थानमा रहेको छ भने ७ अंक भएको लुम्बिनी तेस्रो स्थानमा छ ।

कर्णाली प्लेअफको सम्भावना बलियो बनाउन लुम्बिनीलाई हराउनै पर्ने दबाबमा छ ।

  • प्रकाशित मिति : कात्तिक २६, २०८३, बिहीवार ०६:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८