देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागले राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । तराई क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ ।
गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।
तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्ने पूर्वानुमान रहेको विभागले बताएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८