• कात्तिक १६, २०८३, सोमवार Monday, 02 November, 2026

डोल्पामा सीता एयर दुर्घटना

  • खबरदाता

डोल्पामा सीता एयर दुर्घटना

नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ ।

१३ जना यात्रु बोकेर गएको सानो विमानको पछाडिको दायाँ तर्फ टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

डिएसपी अनिल गिरीका अनुसार सबै यात्रु सकुशल छन् भने धावनमार्गमा मर्मत भइरहेको छ ।

आज बिहान ८ बजेर २५ मिनेटको समयमा नाइ–एन–एजेएच कलसाइन थियो । जहाजमा सात जना विदेशी नागरिक समेत थिए ।

जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकेका छैनन् । जुफालको उडान अवरुद्ध रहेका छ ।

 

  • प्रकाशित मिति : असोज ८, २०८३, बिहीवार १०:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८