• वैशाख १५, २०८३, मंगलवार Tuesday, 28 April, 2026

सरकारले जनताको मन दुखाउने काम गरे कडा रुपमा प्रतिवाद गर्छौंः आङ्देम्बे

  • खबरदाता

सरकारले जनताको मन दुखाउने काम गरे कडा रुपमा प्रतिवाद गर्छौंः आङ्देम्बे

नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

सोमबार कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरुमाझ बोल्दै सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरेर कडा रुपमा प्रतिवाद गर्ने बताएका हुन्।

उनले लोकतन्त्रमा संसद् प्रतिपक्षको हुने उल्लेख गर्दै त्यसमा जिम्मेवार दलको हैसियतमा कांग्रेस प्रस्तुत हुनेसमेत बताए।

उनले भने, ‘हामीले सरकारको राम्रो कामको समर्थन र जनताले मन दुखाउने खालको काम राज्यबाट भयो वा देखियो भने हामी त्यसको सशक्त रुपमा प्रतिवाद गर्दछौँ।’

नेता आङ्देम्बेले मुलुकलाई नयाँ ढंगले अघि बढाउने गरी पार्टीले नयाँ अवधारणा ल्याएको दाबी गर्दै त्यसलाई अघि बढाउन पनि आफू लागि पर्ने बताए।

  • प्रकाशित मिति : वैशाख १४, २०८३, सोमवार १८:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८