• जेठ ३०, २०८३, शनिवार Saturday, 13 June, 2026

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा

  • खबरदाता

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा

पूर्वमन्त्री तथा नेकपा (एमाले) का सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग राखेर मुद्दा दर्ता भएको छ ।

अधिवक्ता लवन न्यौपानेले बुधबार (फागुन २७) मा सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । आगामी चैत १ गते सुनुवाइका लागि पेसी तोकिएको छ ।

गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा बस्नेतले अवहेलनाजन्य अभिव्यक्ति दिएको दाबी अधिवक्ता न्यौपानेको छ । नेता बस्नेतले प्रधानन्यायाधीश प्रकासमानसिंह राउत र न्यायाधीशमाथि लाञ्छनायुक्त अभिव्यक्ति दिँदै मानमर्दन गरेको दाबी समेत गरिएको छ ।

बस्नेतले उक्त कार्यक्रममा प्रधानन्यायाधीश र न्यायाधीशमाथि लाञ्छित गर्दै ‘लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीशलगायतका न्यायाधीशज्यूहरू फोन अफ गर्ने, पन्छिनेू भन्दै अभिव्यक्ति दिएको दाबी गरिएको छ ।

निवेदक अधिवक्ता न्यौपानेले एमाले नेता बस्नेतलाई अदालतको अबहेलनामा हदैसम्मको सजाय गर्न माग गरेका छन् ।

  • प्रकाशित मिति : फागुन २७, २०८२, बुधवार १९:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८